काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दलीय राजनीतिबाट विदा लिएको घोषणा गरेका छन्। निर्वाचनमा पराजयपछि उनले आज सामाजिक सञ्जालमार्फत प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराएका हुन् । मिश्रले आफ्नो निर्णय कुनै निराशा, हताशा वा हतारमा नभई धेरै सोचविचारपछि लिएको बताएका छन्। पार्टीका वरिष्ठ उपाध्यक्षको हैसियतमा राजसंस्था पुनर्स्थापनाको…