९ पुस २०८२, बुधबार | December 24, 2025

दुई दलीय व्यवस्थाको सपना जनताले असफल पार्छन् : शक्ति बस्नेत

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले सत्तारुढ दलहरू दुई दलीय व्यवस्थाको दिशातर्फ अघि बढिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले नेपालको सामाजिक, सांस्कृतिक र आर्थिक विविधतामा दुई दलीय प्रणाली कुनै पनि हालतमा उपयुक्त नहुने प्रष्ट पारे। उनको भनाइमा, “दुई दलीय अभ्यास अन्ततः एकदलीय व्यवस्थाको ढोका खोल्ने हो। यस्तो मिसन जनताले पूरा हुन…