काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीतिक यात्राको चाबी माओवादीको हातमा रहेको दाबी गरेका छन् । बिहीबार ललितपुरबाट निर्वाचित जनप्रतिनिधिहरु सम्मान तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले राजनीतिलाई कता लैजाने भन्ने चाबी जनताले माओवादीलाई दिएको बताए । प्रचण्डले भने, ‘परिणामको दृष्टिकोणले राजनीतिको बागडोरलाई कतापट्टि लैजाने राजनीतिक धारालाई कसरी अगाडि बढाउने भन्ने…