डडेल्धुरा । सरकारले ३० वैशाखमा स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसभित्रको विवाद बढ्दै गएको छ। स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा पार्टी एकताबद्ध हुनेगरी नेतृत्वले पहल गर्न नसकेको भन्दै जिल्लास्तरीय नेता कार्यकर्ताहरूले चुनावी अभियान बहिष्कार गर्ने चेतावनी दिएका छन्। १४औं राष्ट्रिय महाधिवेशनअघि सम्पन्न…