काठमाडौं । सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ प्रतिनिधिसभामा पेस गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ पेस गरेका हुन् । एमाले सांसदहरूको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले संसदको कार्यसूची अघि बढाएका छन् । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसदहरूले नाराबाजी थालेका…