बुटवल । नेपालमा उत्पादन भएका जुत्ताहरु अव बुटवलको एउटै पसलमा किन्न पाइने भएको छ । नेपालमै पहिलो अभ्यासको रुपमा बुटवलमा विभिन्न प्रतिष्ठित फुटवयर कम्पनीका उत्पादन एउटै छानामुनी ‘नेपाली जुत्ताघर’ मा पाइने भएको हो । बुटवलको मिलनचोकमा संचालनमा रहेको डेल्टामार्टमा यही वैशाख १ गतेदेखि नेपाली जुत्ताहरुको साझा विक्री कक्षका रुपमा ‘नेपाली जुत्ताघर’ सञ्चालनमा आउने भएको हो…