१७ बैशाख २०८१, सोमबार | April 30, 2024

नेपालका ९ वटा जुत्ता उद्योगबाट उत्पादित जुत्ताहरु एउटै छानामुनी, बुटवलमा खुल्यो ‘नेपाली जुत्ता घर’



बुटवल । नयाँ वर्ष २०८० को शुभारम्भसँगै बुटवलमा केही नेपाली जुत्ता उद्योगीहरुले आफ्नो उत्पादनलाई एकै ठाउँबाट बिक्रि गर्न सुरु गरेका छन् ।

नेपालमा उत्पादीत जुत्ताहरु एकै स्थानमा पाउन सकिने गरि ‘जुत्ता घर’को शुभारम्भ भएको छ । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टको पहिलो तल्लामा आजदेखि जुत्ताघरको बिक्री कार्यको आरम्भ भएको हो ।

जुत्ता घरको एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थीले उद्घाटन गरे । सो अवसरमा बोल्दै पन्थीले नेपाली सामग्रीको उपभोगलाई वृद्धि गरी वैदेशिक व्यापार घाटा कम गर्न सकिने उल्लेख गरे । वार्षिक अरबौंको आर्थिक घाटालाई कम गर्नका लागि नेपाली उद्योग तथा उत्पादनलाई प्रोहोत्साहन गर्नुपर्नेमा जोड दिँदै उनले यसका लागि सरकार मात्रै नभई उपभोक्ता पनि सचेन हुनुपर्ने उल्लेख गरे ।

उदघाटन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले बुटवलबाट एउटै छानामुनी नेपाली जुत्ताहरुको बिक्रीकक्ष खोलेर बुटवल उपमहानगरलाई प्राथमिकतामा राखेको भन्दै उत्पादकहरुलाई धन्यवाद दिए ।

नेपाल वुट वेयर म्यानुफ्याक्चर एसोसिएशनका अध्यक्ष तया उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य नमीराज घिमिरे स्वदेशी बस्तुको प्रयोगमा जोड दिन आग्रह गर्दै स्वदेशी उत्पादन विदेशी उत्पादन भन्दा कुनैपनि मानेमा कमजोर नरहेको दाबी गरे ।

नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले खुला सीमाना तथा उत्पादनको पाइरेसी प्रमुख समस्याका रुपमा चुनौती बनेको गुनासो गरे । नेपालका जुत्ता उद्योगहरुमा ३५ अर्ब बढी लगानी रहेको तथा ती उद्योगहरुमा ६५ हजार बढीले रोजगार प्राप्त गरिरहेको उनले बताए ।

नेपालका प्रमुख जुत्ता उद्योगहरु एकआसपमा प्रतिस्पर्धा नगरी सहकार्यको थालनीमा अगाडि बढाउँदै उनीहरुले सामूहिक बजार व्यवस्थापनको रणनीति अनुसार जुत्ता घर सञ्चालनमा ल्याएको उत्पादकहरुले दाबी गरेका छन् ।

पहिलो अभ्यासका रुपमा नेपाली उत्पादनलाई उपभोक्ता बीच सहज ढंगले पुर्‍याउन ९ उद्योगले बुटवलमा एकै छानामुनि नेपाली जुत्ता घर संचालनमा ल्याएका हुन् । स्वदेशी फुटवेयर उत्पादनका बारे उपभोक्ताहरुलाई एकै ठाउँबाट अवलोकन र जानकारी गराउने, स्वदेशी उत्पादनको प्रवर्द्धन र कम्पनीका आफ्नै रिटेल आउटलेट मार्फत जानकारी गराउँदै बाहिरी बजार समेत विस्तार गर्ने उद्देश्यकासाथ जुत्ता घरको अवधारणा ल्याइएको उद्योगीहरुको भनाई छ ।

जुत्ता घरमा स्कूल सुज, क्याजुअल सुज, स्पोर्टस सुज, पार्टी वेयर उपलब्ध हुनुका साथै उद्योगहरुको आफ्नै आउटलेट ५ हजार बढी मोडलका उत्पादनहरु उपलब्ध हुने जुत्ता घरका सञ्चालक चोलाप्रसाद पाठकले जानकारी दिए । सोही अवसरमा १ सय बढी नयाँ मोडलका जुत्ता चप्पलहरुको समेत नयाँ वर्षको अवसरमा लञ्चिङ गरिनुका साथै शुभारम्भको अवधीभर डिलर मूल्यमै उपभोक्तालाई जुत्ता चप्पल उपलब्ध गराइने पाठकले बताए ।

जुत्ता घरभित्र हाल पवित्र शुज इण्डष्ट्रिज प्रालिको शुल्यान्ड, रन शु इण्डष्ट्रिज प्रालिको रन शुज, बेस फुटवेयर इण्डष्ट्रिज प्रालिको बि एफ डियर हिल, लालिगुरास फुटवेयरको कस रोड, शुभकामना फुटवेयरको फस्ट वाल्क, बल्याक हर्स शुजको बल्याक हर्स, स्मार्ट शुजको स्मार्ट, शिखर सुजको शिखर सुज तथा एकता शुजको टुरिष्ट ब्राण्डका उत्पादन उपलब्ध रहेका छन् ।

नेपालका उत्पादनबारे जानकारी गराउनुका साथै उपभोक्तालाई नक्कली उत्पादनदेखि ठगिनबाट जोगाउनका लागि पनि जुत्ता घरको अवधारणा ल्याइएको सञ्चालक उत्तम देवकोटाले बताए । बुटवलमा सञ्चालनमा ल्याइएको जुत्ताघर सफल भएमा देशका अन्य शहरमा पनि शाखा विस्तार गर्ने लक्ष्यमा रहेको उनले बताए ।

नेपालमा हाल १५ सय फुटवेयर उद्योगहरु रहेका छन् जसमा अधिकांश घरेलु तथा साना उद्योगका रुपमा रहेको नेपाल फुटवेयर संघका उपाध्यक्ष सुरज बन्जाडेले बताए । यसबाहेक घरेलुरुपमा उत्पादन गर्ने साना पसलहरु यसमा समावेश भएका छैनन् ।

जुत्ताघर शुभारम्भकै अवसरमा शुक्रबार रक्तदान कार्यक्रम समेत सम्पन्न भएको छ । नेपाल नियमित रक्तदाता संघको सहयोगमा आयोजित रक्तदान कार्यक्रममा सय यूनिट बढी रगत संकलन भएको संघका अध्यक्ष कृष्ण चौहानले जानकारी दिए ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ८ : ०४ बजे

तेस्रो लगानी सम्मेलन : ‘पर्यटनमा लगानीको ढोका खुल्यो’

काठमाडौं । मुगुको प्रसिद्ध रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट

चाँडै चीनसँगका १४ नाका सञ्चालनमा ल्याउँछौं : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका

बुटवल आदर्शनगरको सिद्धेश्वरी सामुदायिक बनको डढेलो बस्ती नजिक झर्दै, सुरक्षा सतर्कता बढाइयो

बुटवल । बुटवल उपमहानगरपालिकाको आदर्शनगर माथिको सिद्धेश्वरी सामुदायिक बनमा लागेको

गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा

गुल्मी । पैचो पसल प्रालीले गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल