बुटवल । होटल पौवाले जनकपुरधाममा सञ्चालनमा ल्याउन लागेको आफ्नो १९ औँ शाखाको उद्घाटन अवसरमा आयोजना हुने तीन दिने वृहत् खाना महोत्सवमा बुटवल शाखाले विशेष सहभागिता जनाउने भएको छ । जेठ २२ गते हुने उद्घाटन समारोहसँगै आयोजना हुने महोत्सवमा बुटवल शाखाका अनुभवी सेफ टोलीले लुम्बिनी क्षेत्रका मौलिक स्वाद र पौवाका लोकप्रिय परिकार प्रस्तुत गर्ने तयारी गरेका…