जनकपुरधाम । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै नेपाली आतिथ्य सेवा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरिरहेको होटल पौवाले १९औं शाखा जनकपुरधाममा सञ्चालनमा ल्याएको छ ।
पौवाले सोमबार बिहान जनकपुरधाममा पत्रकार सम्मेलन गरी नयाँ शाखा सञ्चालनमा ल्याएको जानकारी गराएको हो ।
मिथिला सभ्यता, संस्कृति तथा धार्मिक आस्थाको केन्द्र जनकपुरधाममा स्थापित यस होटलको औपचारिक उद्घाटन यही जेठ २२ गते हुँदैछ । उद्घाटनको अवसरमा होटल पौवाले तीनदिने ‘वृहत् खाना प्रवद्र्धन’आयोजना गर्दैछ । कार्यक्रममा पौवाका विभिन्न सञ्जालमा कार्यरत अनुभवी सेफहरूले तयार गरेका विविध नेपाली तथा अन्तर्राष्ट्रिय परिकारहरूको विशेष प्रदर्शनी हुने होटल पौवाका उपाध्यक्ष ध्रुवराज न्यौपानेले बताए ।
जनकपुरमा पौवाको चारतारे विस्तार यात्राअर्को महत्वपूर्ण उपलब्धि भएको होटल पौवाले जनाएको छ । जनकपुरधाम धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक दृष्टिले नेपालको एक पवित्र प्रमुख गन्तव्य भएको उल्लेख गर्दै न्यौपानेले नेपाल–भारत धार्मिक सम्बन्ध र आस्थाको केन्द्रका रूपमा रहेको यस शहरमाहोटल पौवाको उपस्थितिले धार्मिक, आध्यात्मिकएवंआन्तरिक पर्यटन, रोजगारर समग्र आतिथ्य उद्योगको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको उल्लेख गरे ।
उनका अनुसार यस होटलमा फरकफरक सुविधाले सुसज्जित ६२ वटारुम रहेका छन् । चारतारे स्तरमा हुनुपर्ने सबै सुविधा (स्विमिङपुल,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनार हलहरु, रेस्टुरेन्ट, जीम, साउना स्टिम र स्पा सुविधा) सहितको पूर्वाधार सञ्चालनमा आइसकेका छन् । होटलले नेपाली स्वाद, नेपाली संस्कार र अन्तर्राष्ट्रियस्तरको आतिथ्य सेवा २४सै घण्टा प्रदान गर्ने लक्ष्य राखेको उपाध्यक्ष न्यौपानेले बताए ।
उद्घाटन समारोह तथा बृहत् खाना प्रवद्र्धन कार्यक्रममा मधेशप्रदेशका आठवटै जिल्लाका उद्योगी, व्यवसायी, पर्यटनकर्मी, सञ्चारकर्मी तथा विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने उनले अपेक्षा गरे । उनले नेपाली स्वाद, नेपालीपन र आत्मीय आतिथ्यलाई अझव्यापक रूपमा प्रवद्र्धन गर्ने अभियानमा पौवा रहेको बताए ।
चुनौतीपूर्ण आर्थिक तथा लगानी वातावरणका बीच पनि होटल पौवाले देशव्यापी रूपमा आफ्नो सेवा विस्तार गरिरहेको होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए । रुदेहीबाट सुरु भएको यात्रा आज जनकपुरधामसम्म आइपुग्दा पौवा नेपाली आतिथ्य उद्योगको स्थापित राष्ट्रिय ब्राण्डका रूपमा विकास भएको अध्यक्ष भण्डारीको भनाई छ ।
हाल होटल पौवाका शाखाहरू भैरहवा, बुटवल, गोरुसिङ्गे, भालुवाङ, लमही, घोराही, जुम्ला, तानसेन, धनगढी, पोखरा, काठमाडौं, चितवन, मुलकोट, कालिञ्चोकलगायत विभिन्न स्थानमा सञ्चालनमा छन् । साथै नेपालगञ्जमा पाँचतारे होटल तथा पाल्पाको झिंगामारामा लक्जरी रिसोर्ट निर्माणाधीन अवस्थामा रहेको उनले जानकारी दिए । गत वैशाखबाट भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि चारतारेस्तरको होटल सञ्चालनमा ल्याएको पनि उनले जनाए ।
“देशभर प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना गर्दै आएको होटल पौवा नेपालकै सफल सामूहिक लगानी मोडल हो, जहाँ लगानीकर्ता र कर्मचारी दुवै संस्थाको विकास यात्राका साझेदार बनेका छन्,” अध्यक्ष भण्डारीले भने, “कर्मचारीहरुलाई लगानीकर्ता बन्ने अवसर प्रदानगर्दै हामीले ‘साझा स्वामित्व, साझा सफलता’को अवधारणालाई व्यवहारमा उतारेका छौं ।”
जनकपुरधाम, लुम्बिनी, मुक्तिनाथ, पशुपतिनाथ तथा अन्य धार्मिक एवं सांस्कृतिक गन्तव्यहरूलाई समेट्ने यात्रामा होटल पौवा भारतीय तथा नेपाली पर्यटकका लागि विश्वसनीय आतिथ्य साझेदारका रूपमा स्थापित हुँदै गएको छ । एकीकृत ब्राण्ड अन्तर्गत गुणस्तरीयता, स्वच्छता र सेवा मापदण्ड कायम राख्दै पौवाले पाहुनाहरूलाई सुरक्षित, सहज, अविश्मरणीय र आत्मीय अनुभव प्रदान गरिरहेको पौवा व्यवस्थापनको दाबी छ ।
नेपाली स्वाद, नेपाली संस्कार र नेपाली आतिथ्यतालाई विश्वस्तरमा स्थापित गर्ने दीर्घकालीन लक्ष्यसहित आगामी दशकमा ‘मिसन १००’ अन्तर्गत देश तथा विदेशमा आफ्नो उपस्थिति विस्तार गर्ने रणनीतिमा अघि बढिरहेको पौवाका प्रबन्धनिर्देशक विष्णु ज्ञवालीले बताए । “तिब्र विकासको लक्ष्य प्राप्तिका लागि सामुहिक लगानी मोडालिटी तयारी गरेका छौं । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने प्रतिबद्धतासहित पौवा नेपाली आतिथ्य सेवालाई नयाँ उचाइमा पु¥याउने यात्रामा निरन्तर अग्रसर रहनेछ ।” उनले भने ।




















प्रतिक्रिया