काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मंसिर २१ गतेबाट स्मार्ट टेलर संचालनमा ल्याएको छ । यस स्मार्ट टेलरबाट सेञ्चुरी पे मोबाइल एपबाट क्यूआर स्क्यान गरी नगद झिक्न/निकाल्न सकिने छ । बैंकले ग्राहकहरुको सेवाका लागि थप सुविधा विस्तार गर्ने उद्देश्यले स्मार्ट टेलर ल्याएको जनाएको छ । हाल उक्त सेवा काठमाडौंस्थित केन्द्रीय कार्यालयको लागि मात्र लागु हुनेछ…