१२ श्रावण २०८१, शनिबार | July 27, 2024

व्यवसायीका समस्या हल गर्न पहल गर्ने वरिष्ठ उपाध्यक्ष ढकालको प्रतिवद्धता



झापा । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको उद्योग व्यवसायका क्षेत्रमा देखा परेका समस्या हल गर्न देशका समग्र व्यवसायीको छाता संस्थाको हैसियतले महासङ्घले पहल गरिरहेको बताएका छन् ।

मोरङको उर्लाबारी उद्योग वाणिज्य सङ्घको ३३ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिडका कारण देशभरका समग्र व्यवसायी मारमा परेको जनाउँदै व्यवसायीका समस्याको समाधान गरी व्यवसायीको उत्थानका लागि महासङ्घले नेपाल सरकारसँग राहतका कार्यक्रमका लागि पहल भइरहेको बताएका हुन् ।

कोभिडको महामारीका कारण सबै क्षेत्र प्रभावित भए पनि अर्थतन्त्रको ठूलो हिस्सा धान्दै आएका देशका निजी क्षेत्रका व्यवसायी अहिले नराम्ररी प्रभावित बनेका उनले बताए ।

ढकालले भने, “देशको व्यवसाय कोरोना महामारीका कारण निकै नै प्रभावित छ, बैंकको ब्याजदेखि घरभाडासम्मका कुरा आउँछन्, आम व्यवसायीका समस्यालाई समाधान गर्ने हाम्रो पहल हुनेछ, यसका लागि सरकारलाई हामीले बारम्वार घच्घच्याइरहेका छौँ ।”

महासङ्घले महिला उद्योगीको उत्थान र समग्र व्यवसायीको बृहत्तर हितका लागि निरन्तर काम गरिरहेको ढकालले जानकारी दिए । कार्यक्रममा महासङ्घका प्रदेश नं १ का अध्यक्ष टीकाराज ढकाल, उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो, उपप्रमुख लक्ष्मीदेवी भण्डारी, उर्लाबारी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तेजकुमार रिजाललगायतले देशका व्यवसायीका समस्या समाधानका लागि नेपाल सरकारसँग पहल गर्न वरिष्ठ उपाध्यक्ष ढकालसँग आग्रह गरेका थिए ।

सो कार्यक्रममा यस क्षेत्रका उत्कृष्ट पाँच व्यवसायी र एक सञ्चारकर्मीलाई सम्मान गरिएको थियो । सङ्घको नेतृत्व चयनका लागि आज निर्वाचन हुने सङ्घका अध्यक्ष प्रितम खड्गीले बताउनुभयो बताए । सोह्र पदका लागि ३३ जनाको उम्मेदवारी रहेकाले आज निर्वाचन हुने बताइएको छ । निर्वाचनका लागि तारामान लिम्बू र शेरबहादुर भण्डारीको टोली चुनावी मैदानमा छ । सङ्घमा एक हजार ७०२ सदस्य आबद्ध छन् ।

प्रकाशित मिति : ३१ भदौ २०७८, बिहिबार  ९ : ५२ बजे

चारवटा प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह