काठमाडौं । अर्थशास्त्री विश्लेषक एवम् लेखक मनिकर कार्कीको नयाँ पुस्तक ‘अर्थदृष्टि : अल्प विकासको अर्थ–राजनीति’बजारमा आएको छ । नेपालको आर्थिक विकासको स्वरुप, समाज र अर्थतन्त्रको चरित्र एवम् त्यसका जटिलता र चुनौतीहरूलाई गहन रूपमा विश्लेषण गरिएको यो पुस्तकले नेपालको आर्थिक इतिहास, समाज, राजनीति एवम् समकालीन अर्थतन्त्र र विकासको अवस्थाबुझ्न पाठकहरूलाई नयाँ दृष्टिकोणप्रदान गर्ने अपेक्षा गरिएको छ…