३ पुस २०८२, बिहिबार | December 18, 2025

कर्णाली चिसापानीमा जलपादेवी केबलकारको शिलान्यास

कैलाली। काठमाडौँको चन्द्रागिरि र बुटवलको बसन्तपुर केबलकारको सफल संचालनपछि कैलाली जिल्लाको कर्णाली चिसापानीमा जालपादेवी केबलकार निर्माण हुने भएको छ । कर्णाली चिसापानीदेखि जलपादेबीसम्मका लागि निर्माण हुने ३.१ किलोमिटर लामो केबलकारको शनिबार शिलान्यास गरिएको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले लम्कीचुहाँ नगरपालिका(३ स्थित कर्णाली चिसापानीमा आज एक समाराहेबीच केबलकारको शिलान्यास गरेकी छन् । शिलान्यास कार्यक्रममा…