२३ भदौ २०८३, मंगलबार | September 8, 2026

भैरहवामा खुल्यो करेन्ट मार्ट



बुटवल । करेन्ट नुडल्सको उत्पादक यसोदा फुड्सले रुपन्देहीको भैरहवामा पहिलो ‘करेन्ट मार्ट’ सञ्चालनमा ल्याएको छ । यस मार्टबाट ग्राहकले यसोदा फुड्सका सम्पूर्ण उत्पादनहरु किन्न पाउने छन् ।

बुटवल तथा काठमाडौंमा रहेका करेन्ट पोइन्टको सफलता र उपभोक्ताको निरन्तर मागलाई ध्यानमा राख्दै कम्पनीले शुक्रबारदेखि सिद्धार्थनगरपालिका-७, नयाँ सडक भैरहवामा करेन्ट मार्ट सञ्चालनमा ल्याएको हो ।

करेन्ट मार्टको उद्घाटन गर्दै सिद्धार्थ उद्योग वाणीज्य संघका अध्यक्ष नेत्र आचार्यले भैरहवाका करेन्ट पारखीहरुका लागि मार्टले सहजै विविध परिकार उपलब्ध गराउने उल्लेख गरे । निजी क्षेत्रको लगानी र निरन्तरताले नै मुलुकको आर्थिक गतिविधि चलायमान बनेको बताउँदै उनले रोजगार सिर्जना र अर्थतन्त्रमा यसको ठूलो भूमिका रहने उल्लेख गरे ।

नुडल्स पारखीहरू, विशेषगरी पिरो र चट्पटा स्वाद मन पराउनेहरूका लागि एउटा उत्कृष्ट गन्तव्य बनाउने लक्ष्य रहेको कम्पनीका निर्देशक ऋषि भण्डारीले बताए । उनका अनुसार करेन्ट मार्टमा करेन्ट नुडल्सका विभिन्न परिकारहरू उपलब्ध हुनेछन्। साथै, ग्राहकहरूले आफ्नो रुचि अनुसारको मसला र स्वाद पनि रोज्न सक्नेछन् । विशेष गरी युवापुस्तामाझ लोकप्रिय रहेको करेन्ट चाउचाउको यो नयाँ आउटलेटले भैरहवावासीलाई नौलो र डेलीस्यस स्वादको अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको उनले बताए । कम्पनीले यसअघि बुटवल र काठमाडौंमा ’करेन्ट पोइन्ट’ सञ्चालनमा ल्याएको छ, जहाँ करेन्टका विभिन्न परिकारहरु पकाएर खान पाइन्छ ।

सन् २०१७ मा स्थापित यसोदा फुड्स प्रा. लि. नेपालको एक अग्रणी खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनी हो । ‘करेन्ट’ बाहेक, कम्पनीले चिज बल्स, स्टिक्स, पोट्याटो क्र्याकर्स, तथा अन्य विभिन्न प्रकारका खाजाहरू (स्न्याक्स) पनि उत्पादन गर्दै आएको छ। स्थानीय नेपाली स्वादलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरमा प्रस्तुत गर्नु यसोदा फुड्सको मुख्य विशेषता हो।

हालसम्म करेन्टका उत्पादनहरु विश्वका २८ बढी राष्ट्रहरुमा औपचारिक रुपमै निर्यात हुने गरेको छ भने नेपाली रहेका अन्य देशहरुमा पनि उपहारको रुपमा लैजाने गरिएको कम्पनीका निर्देशक सर्वण वेरिवालले बताए । करेन्टले यसअघि बुटवल र संघीय राजधानी काठमाडौंमा समेत करेन्ट मार्ट सञ्चालनमा ल्याइसकेको छ । देशभर २ हजार बढीलाई प्रत्येक्ष रोजगार जिर्सजना गरिएको कम्पनीको दाबी छ ।

करेन्ट मार्टको उद्घाटन समारोहमा कम्पनीका व्यवस्थापक मधुसुदन घिमिरे, बजार प्रमुख राम भण्डारी तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ७ भदौ २०८२, शनिबार  १ : ०५ बजे

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

माइतीघरमा महिलाले गरिन् आत्मदाहको प्रयास, वीर अस्पताल लगियो

काठमाडौं । काठमाडौंको माइतीघरमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास

देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने विश्वास