काठमाडौं । साताको कारोबारमा नेपाली शेयर बजारले उल्लेखनीय सुधार देखाएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले पुँजी बजारका सरोकारवालासहित नियामक निकायका प्रमुखहरूसँग छलफल गरेको दिन नै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४१.७० अंकले उकालो लाग्दै २,७१९.२४ बिन्दुमा पुगेको हो। बजारमा हरियालीसँगै कारोबार रकम पनि उत्साहजनक रह्यो। नेप्सेका अनुसार दिनभर १ करोड २२ लाख ४५ हजार कित्ता शेयर…