२६ आश्विन २०८३, सोमबार | October 12, 2026

२६ सयको विन्दुमा ओर्लियो नेप्से, कारोबार रकम पनि घट्दो



काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार राताम्मे भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९.६२ अंकले घटेर २६०३.७१ बिन्दुमा झरेको छ ।

१३ मध्ये दुई उपसमूहको परिसूचक मात्र बढेको छ । आज निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य अंक बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक १.८७ प्रतिशत घटेको छ।

नेप्सेसँगै मंगलबार कारोबार रकम पनि घटेको छ। सोमबार पाँच अर्ब ३८ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३६३ स्टकको ५१ हजार २७४ पटकको कारोबारमा चार अर्ब ६५ करोड ४८ लाख ७८ हजार रुपैयाँबराबरको एक करोड १० लाख ६९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरी कम्पनीको २२ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको १७ करोड र सिद्धार्थ बैंकको कारोबार रकम साढे १६ करोड रुपैयाँ नाघेको छ।

आज १२ प्रतिशत आइसिएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८३ का लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । सिटिजन्स सुपर ३० म्युचुअल फण्डका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ३ : ३६ बजे

विदेशको अनुभव, स्वदेशमा शैक्षिक परामर्श

बुटवल । दक्षिण कोरियामा करिब आठ वर्ष बिताएर स्वदेश फर्किएका

सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ-तिहार

बझाङ । घरमा आमा छिन । परिवार छ । आफन्त

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी । बेनी नगरपालिका-२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी, महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको

नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा