काठमाडौं । नेपाल पुलिस क्लब माल्दिभ्समा सम्पन्न काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा च्याम्पियन बनेको छ । माल्दिभ्सको मालेमा शनिवार उज्वेकिस्तानको हुमो भिसी लाई ३-० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो । पुलिस अपराजित रहँदै च्याम्पियन बन्न सफल रह्यो । पहिलो सेट २५-१६ ले जितेको पुलिसले दोस्रो सेट २५-२२ ले जितेको थियो । तेस्रो…