काठमाडौं । आईसीसी यू१९ विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग हार भोग्दै विश्वकपको सुरुवात गरेको छ । आइतबार भएको समुह डी को आफ्नो पहिलो खेलमा नेपाल न्युजिल्यान्डविरुद्ध ६४ रनले पराजित भएको छ। विश्वकपमा न्युजिल्यान्डविरुद्ध नेपालले पहिलो हार भोगेको हो। यसअघिका दुवै खेलमा नेपालले न्युजिल्यान्डलाई हराएको थियो। न्युजिल्यान्डले दिएको ३ सय ३ रनको विशाल लक्ष्य पछ्याएको…