४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

तिलोत्तमामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भोलीदेखि शुरु हुदैं



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा माघ ८ गतदेखि पाँचौं नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगिता माघ ८ गते (भोली) देखि १० गतेसम्म तीन दिनसम्म चल्नेछ ।

तिलोत्तमा-४, डिङ्गरनगर स्थित जनज्योती क्लबको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत गरी ३८ विद्यालयहरुले प्रतिस्पर्धामा भाग लिने नगरपालिका युवा, शिक्षा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिए ।

विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको आचार्यको भनाई छ ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने विद्यालयलाई नगद रु ३० हजार, २० हजार र १० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्रले सम्मान गरिनेछ । प्रतियोगितामा छात्रा तथा छात्राहरुबीच भलिबल, कबड्डी, एल्लेटिक्स, कराँते र तेक्वान्दोतर्फ विभिन्न विभिन्न विधामा खेल सञ्चालन गरिनेछ । प्रतियोगितामा ३८ विद्यालयबाट १४ सय विद्यार्थीले भाग लिनेछन ।

 

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ५ : ५४ बजे

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य

काठमाडौं उपत्यकामा पनि तापक्रम बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं । सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा

बनेपाका एक हजार घरमा ‘कौसीखेती’

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवद्र्धन