काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ को अन्तिम खेलमा यूएईविरुद्धको खेलमा नेपालका ओपनर कुशल भुर्तेल आउट भएका छन् । आक्रामक ब्याटिङ गर्दै अर्धशतक बनाएलगत्तै उनी आउट भएका हुन् । १६ ओभरको तेस्रो बलमा जुनैद सिद्दकीले अफस्टम्पमा फ्याकेको बललाई कुशलले कभर बाउन्ड्रीको दिशा देखाउने प्रयास गरेका थिए । तर, ब्याटको धार लागेर विकेटकिपरबाट क्याचआउट भए ।…