१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

यू-२० महिला एसियन कप छनौट : नेपालले आज म्यान्मारसँग प्रतिस्पर्धा गर्दैै



काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपाल आज म्यान्मारसँग भिडदैछ । एसियन कप छनोट दोस्रो चरणको पहिलो खेलमा नेपाल म्यानमारसँग प्रतिस्पर्धा गर्न लागेको हो । सो खेल साँझ साँझ ५ः४५ बजेबाट सुरु हुनेछ ।

‘पहिलो चरणको सफलताले टिमको मनोबल बढाएको छ, टिममा एकता छ, हामीमा कुनै पनि टिमलाई हराउन सक्ने क्षमता छ, हामी हरेक म्याच जित्नकै लागी खैल्छौँ,’ प्रशिक्षक यमप्रसाद गुरुङले भने, फिफा वरीयतामा हामी भन्दा माथी भएका टिमहरु छन् तर उच्च मनोबलका साथ मैदान उत्रनेछौँ ।’

प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६-० ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको नेपालले आज म्यान्मारसँग दोस्रो चरणको पहिलो खेल खेल्न लागेको हो ।

छनोटको समूह ‘बी’ मा नेपालमा नेपाल र म्यानम्मारसँगै चीन र चाइनिज ताइपेई छन् । जससँग नेपालले आगामी जुन ८ मा चीनसँग तथा जुन १० मा चाइनिज ताइपेइसँग  प्रतिस्पर्धा गर्नेछ ।

जसबाट उत्कृष्ट टोलीले उज्वेकिस्तानमा मार्च ३ देखि १६ सम्म हुने यू-२० महिला एसियन कप खेल्नेछ ।

नेपाली टोली

गोलकिपर : कविता विक, लिला जोशी, सावित्री किसान

रक्षक : सबिना चौधरी, तुलसा बोहरा, सुनिता भुलन, सिम्रन राई, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, सजनी थोकर, कुमारी तामाङ

मिडफिल्डर : सरस्वती हमाल, मनमाया दमाई, सुनकला राई, दीपा शाही, हिमा रावत, सुष्मा जिटी, अञ्जली माचामासी, सारा बज्राचार्य

फरवार्ड : अमिषा कार्की, ममता पुन, गरिमा राई, सदिपा भोलन

 

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ६ : ४९ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग