काठमाडौं । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले तेस्रो जित निकालेको छ । मुम्बईले मंगलबार सम्पन्न खेलमा सनराइजर्स हैदराबादविरुद्ध १४ रनको जित दर्ता गरेको हो । राजीव गान्धी अन्तराष्ट्रिय रंगशालामा सम्पन्न खेलमा मुम्बईले प्रस्तुत गरेको १९३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९.५ ओभरमा सबै विकेट गुमाएर १७८ रनमात्र बनाउन सक्यो । हैदरबादका मयंक अग्रवालले…