२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

मदनभण्डारी स्पोट्स एकेडेमीले देशव्यापी राष्ट्रिय खेल प्रतियोगिता गर्दै



काठमाडौं । सबैका लागि खेलकुद भन्ने मूल नारासहित मदन भण्डारी स्पोट्स एकेडेमीले विभिन्न खेल विधाका राष्ट्रिय प्रतियोगिता गर्ने भएको छ । एकेडेमीले देशका विभिन्न स्थानमा क्रिकेट, कराते, रेसलिङ, ब्याडमिन्टन, चेस, फुल कन्टयाक्ट लगायतका राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लागेको हो ।

यस्तै, फुटबल, भलिबल, तेक्वान्दो, फुटसल, डोरी तान लगायतमा प्रदेशस्तरीय प्रतियोगिता गर्दैछ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्रियस‘गै प्रदेशस्तरीय वार्षिक खेल तालिका सार्वजनिक गरेको छ ।

एकेडेमीका अध्यक्ष धु्रव आचार्यका अनुसार आउदो जेठ २३ देखि ३० गतेसम्म पोखरामा केपी ओली कप रनिङ शिल्ड राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने छ । प्रतियोगितामा च्याम्पियनले १० लाख, उपविजेताले ५ लाख एवं बेष्ट बलर र ब्याट्स म्यानले २५-२५ हजार रुपैया नगद पुरस्कार पाउनेछन् । यही बैशाख ५ देखि ६ गतेसम्म काडमाडौंको लैनचौरमा राष्ट्रिय जुनियर लेवल टेबल टेनिस प्रतियोगिता आयोजना हुनेछ । १५ र १९ वर्षमूनिको छात्रछात्रा टेबल टेनिस प्रतियोगितामा प्रथमले १५, द्धितीयले १० र तृतीयले १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

बैशाख २५ र २६ मा भत्तपुरमा खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्दैछ । जसमा प्रथमले १ लाख , द्धितीयले ५० हजार र तृतीयले २५ हजार रुपैया नगद पुरस्कार पाउनेछन् । भेन्ट्रासतर्फ प्रथमलाई ५० हजार, द्धितीयलाई ३० हजार र तृतीयलाई २० हजार रुपैया नगद पुरस्कार दिइनेछ । जेठ ३१ मा सुर्खेतमा राष्ट्रिय रेसलिङ प्रतियोगिता आयोजना हुदैछ ।

प्रतियोगितामा हेभीवेट च्याम्पियनलाई १ लाख ५ हजार, हार्ड कोर च्याम्पियनलाई ७५ हजार, मिडल वेट च्याम्पियनलाई ६० हजार, ट्याग टिम च्याम्पियनलाई ५० हजार र लाइट वेट च्याम्पियनलाई ४० हजार रुपैया नगद प्रदान गरिनेछ ।

यस्तै, बुटवलमा जेठ २देखि ४ गतेसम्म राष्ट्रिय चेस प्रतियोगिता हुनेछ । प्रतियोगितामा प्रथमलाई २० हजार नगदसहित १० औं स्थानसम्मलाई पुरस्कार पाउनेछन् ।

एकेडेमीले जेठ ४ देखि १० गतेसम्म काठमाडौंको त्रिपुरेश्वरमा राष्ट्रिय खुला बास्केटबल पुरुष र महिला रनिङशिल्ड प्रतियोगिता आयोजना गर्दैछ । जसमा विजेताले १ लाख ५० हजार रुपैयॉ र उपविजेताले १ लाख रुपैयाँनगद पुरस्कार पाउनेछन् ।

मदनभण्डारी स्पोट्र्स एकेडेमीले सातै प्रदेशमा प्रदेशस्तरीय खेल प्रतियोगिताहरु आयोजना गर्दैछ । जसअन्तरगत बैशाख २७ देखि जेठ १५ गतेसम्म सातवटै प्रदेश मुकाममा मदनभण्डारी अन्तरमावि रनिङशिल्ड फुटबल प्रतियोगिता गर्नेछ । जसमा विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँनगद पुरस्कार पाउनेछन् ।

यस्तै, आउदो असार १ देखि १५ गतेसम्म ७ वटै प्रदेशमा प्रदेशस्तरीय मदनभण्डारी अन्तरमावि प्रदेश रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिने छ । प्रतियोगितामा विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । बैशाख २८ देखि असार १० गतेसम्म ७ वटै प्रदेश मुकाममा मदनभण्डारी अन्तरमावि रनिङशिल्ड भलिबल प्रतियोगिता गर्नेछ ।

प्रतियोगितामा प्रथमले ५० हजार द्धितीयले २५ हजार र तृतीयले १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । यस्तै, बैशाख २५ र २६ मा काठमाडौंमा बाग्मती प्रदेश स्तरीय तेक्वान्डो प्रतियोगिता आयोजना गर्दैछ । जसमा प्रथमले ३० हजार, द्धितीयले २० हजार र तृतीयले १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । एकेडेमीले मधेश प्रदेशस्तरीय डोरीतान प्रतियोगिता सप्तरीमा गर्दैछ । असार २२ मा हुने प्रतियोगितामा प्रथमले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ ।

बुटवलमा असार ३ देखि ५ गतेसम्म विद्यालयस्तरीय आत्मरक्षा तालिम दिनेछ । खेलकुद विकासका लागि खेलाडी, प्रशिक्षक, निर्णायक तथा व्यवस्थापकलाई जेठ ३ गते काठमाडौंमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्नेछ ।

एकेडेमीले अन्तराष्ट्रिय खेलकुद दिवसको अवसरमा बैशाख २३ गते बुद्धजन्मस्थल लुम्बिनीमा पिस ओपन हाफ म्याराथन प्रतियोगिता गरेर वार्षिक खेलको सुरुवात गरेको थियो । एकेडेमीका खेल प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद, स्थानीय तह र विभिन्न संघसस्थाहरुले समन्वय गर्ने अध्यक्ष आचार्यले बताए ।

सबैका लागि खेलकुद भन्ने मुख्य उद्देश्यका साथ २०६६ पुस २७ मा स्थापना भएको एकेडेमीले विभिन्न खेलविधाका विभाग गठन गरेर बालबालिका, युवादेखि भेन्ट्रास समूहसम्मका खेलाडीलाई प्रशिक्षण दिने, प्रतियोगिता र गतिविधि आयोजना गर्ने गरेको छ । हरेक जिल्लामा जिल्ला कमिटी बनाएको एकेडेमीले स्थानीय तहमा समेत संगठन बिस्तार गरीरहेको उपमहासचिव सुवर्ण श्रेष्ठले बताइन् ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ८ : ३४ बजे

ढुङ्गामा हात्तीको आकृति

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका-१ हात्तिबाङमा ढुङ्गामा हात्तीको आकृति बनाउँदै

आजदेखि मातातीर्थ मेला सुरु

काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

सुर्यको शतकसँगै सनराइजर्समाथि मुम्बई ७ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले सनराइजर्स

सभामुखले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष

नेपाल इङल्याण्ड सी सँग २-० ले पराजित

काठमाडौं । नेपाल इङल्याण्डको सी  टिमसँग पराजित गरको छ ।