१६ बैशाख २०८३, बुधबार | April 29, 2026

महिला साफ च्याम्पियनसिपका लागि ५८ खेलाडी बोलाइयो

काठमाडौं । घरेलु मैदानमा हुने महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको लागि ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । भदौ २१ गतेदेखि असोज तीन गतेसम्म हुने प्रतियोगिताको लागि महिला टिमका मुख्य प्रशिक्षक कुमार थापाले ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन् । नेपाली टिमले सोमबारदेखि प्रशिक्षण सुरु गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।…