खोटाङ । दशैँ तथा तिहारको अवसरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटारमा टोलस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको छ । नेपाली कांग्रेसका युवा नेता एवं सर्वज्ञ रियल स्टेटका सीईओ उपेन्द्र घिमिरेको प्रायोजनमा कांग्रेस हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटार वडा कार्यसमितिले भलिबल प्रतियोगिता आयोजना गरेको हो । च्यास्मीटार माविको प्रांगणमा २५-२७ असोजसम्म आयोजना गरिएको टोलस्तरीय पुरुष भलिबल प्रतियोगितामा…