१४ बैशाख २०८३, सोमबार | April 27, 2026

कांग्रेस महाधिवेशनमा सहभागी हुन चार भारतीय नेता काठमाडौंमा

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा भाग लिनका लागि भारतबाट चारजना नेता नेपाल आइपुगेका छन्। शुक्रबारबाट सुरु हुने कांग्रेसको १४ औं महाधिवेशनमा भाग लिनका लागि छिमेकी मुलुक भारतबाट चार नेता शुक्रबार काठमाडौं आइपुगेका हुन्। कांग्रेसका सहमहामन्त्री एवं महाधिवेशनका लागि विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समितिका संयोजक प्रकाशशरण महतले भारतबाट चार जना नेताहरू काठमाडौं आइपुगेको जानकारी दिए…