काठमाडौं । सत्तारुढ गठबन्धनले तत्कालै मन्त्रिपरिषद् विस्तार गर्ने सझदारी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलहरुबीचको बैठकले मन्त्रिपरिषद् तत्काल विस्तार गर्ने समझदारी गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको १५ दिन हुन लाग्दा पनि मन्त्रिपरिषद् विस्तार भएको छैन । तर, आजको बैठकमा गठबन्धनका नेताहरुबीच अब कुनै ढिलाई नगरी मन्त्रिपरिषद् विस्तार गर्ने…