१५ भदौ २०८३, सोमबार | September 1, 2026

प्रतिनिधिसभाको कार्यसूचीमा एमसीसी थपिन्छ : कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको बुधबारको बैठकको कार्यसूचीमा एमसीसी एजेण्डा थपिने दाबी गरेको छ ।

मंगलबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकार कुरा गर्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बुधबारको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा एमसीसी पनि रहने बताएका हुन् ।

‘एमसीसी टेबल हुन्छ । एमसीसी भोलिको कार्यसूचीमा नभए थपिएला । यो कार्यसूचीमा थपिनुपर्छ’, बैठकपछि पत्रकारहरूले राखेको जिज्ञासामा उनले भने ।

संसद् सचिवालयले मंगलबार सार्वजनिक गरेको बुधबार दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा शोक प्रस्ताव पेस गर्ने मात्र समेटिएको छ ।

बुधबारको बैठकमा एमसीसी टेबुल गर्ने भनिएका बेला सम्भावित कार्यसूचीमा भने नसमेटिएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले बुधबारका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । उक्त बैठकमार्फत प्रतिनिधिसभाको कार्यसूची परिवर्तन गर्न सकिने आकलन गरिएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ६ : ३३ बजे

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग

दाङ । लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

‘दौडिन्छिन् हजुरआमा’ स्थगित

नेपालगन्ज । नेपालगन्जमा भदौ २१ गते आयोजना गर्ने तयारी गरिएको

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार,