काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पुराना राजनीतिज्ञ विश्वबन्धु थापाको आज साँझ निधन भएको छ । विसं २००७ को क्रान्तिका योद्धासमेत रहेका थापाको उपचारका क्रममा आज साँझ मण्डिखाटारस्थित हेम्स अस्पतालमा निधन भएको राप्रपाका नेता राजाराम बर्तौलाले जानकारी दिए । अन्ठानब्बे वर्षीय थापा आठ दशकदेखि नेपालको राजनीति र प्रजातान्त्रिक आन्दोलनका साक्षीका रूपमा रहँदै आएका…