१७ असार २०८३, बुधबार | July 1, 2026

राप्रपाको संकल्पपत्र सार्वजनिक (पूर्णपाठसहित)

भ्रष्टाचार नियन्त्रण र राजसंस्थाको पुनर्स्थापनामा जोड पूर्ण



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी संकल्पपत्र सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले संकल्पपत्र वाचन गर्दै औपचारिक रुपमा सार्वजनिक गरेका हुन्।

‘बरु नष्ट हुन्छौं, भ्रष्ट हुँदैनौं’ भन्ने नारासहित राप्रपाले भ्रष्टाचार नियन्त्रणलाई प्रमुख एजेन्डा बनाएको छ। संकल्पपत्रमा २०४६ सालपछि उच्च पदमा पुगेका नेता तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय नागरिक आयोग गठन गर्ने र अवैध सम्पत्ति जफत गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, भ्रष्टाचारसम्बन्धी सूचना दिने व्यक्तिलाई संरक्षण र प्रोत्साहन प्रदान गर्न ‘सूचक संरक्षण ऐन’ निर्माण गरी कार्यान्वयनमा ल्याउने उल्लेख गरिएको छ।

शासकीय संरचनाबारे राप्रपाले राजसंस्थालाई अभिभावकीय संस्थाका रूपमा पुनःस्थापित गर्ने धारणा अघि सारेको छ। हालको खर्चिलो र अस्थिर निर्वाचन प्रणालीमा व्यापक सुधार आवश्यक रहेको उल्लेख गर्दै प्रदेश संरचना खारेज गरी केन्द्र र बलियो स्थानीय तहसहित दुई तहको शासन प्रणाली लागू गर्ने प्रस्ताव पनि गरिएको छ।

पार्टीले सर्वधर्म समभावसहित धार्मिक स्वतन्त्रताको सुनिश्चिततासहित वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको अवधारणा अघि बढाएको छ। गैरदलीय स्थानीय तहको परिकल्पना समेत संकल्पपत्रमा समेटिएको छ।

यसैगरी, संवैधानिक नियुक्तिमा राजनीतिक हस्तक्षेप अन्त्य गर्ने, न्यायपालिकामा देखिएको विकृति र विसंगति हटाई गुमेको विश्वसनीयता पुनर्स्थापित गर्ने तथा न्यायपालिकाको पुनर्संरचना र पुनर्नियुक्तिको व्यवस्था गर्ने प्रतिबद्धता पनि संकल्पपत्रमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  ४ : ०५ बजे

राष्ट्रपतिसँग पाकिस्तानी राजदूतको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रारार

विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो

काठमाडौँ । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी

बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा मानवअधिकार आयोगद्वारा रास्वपासँग स्पष्टीकरण माग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता

लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु

लाहोर । पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा