काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्व विप्लवको प्रतिबन्धित नेकपाका नेता ओमप्रकाश पुन पक्राउ परेका छन् । विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य ओमप्रकाश पुन कैलालीबाट पक्राउ परेका हुन् । कैलाली प्रहरीले विप्लवका एक नेता पक्राउ भएको जानकारी दिएको छ । विप्लव समूहले पनि पुन पक्राउ परेको स्वीकार गरेको छ । पुनसँगै उनकी श्रीमती एवं महिला नेतृ पूर्णिमा…