१७ असार २०८३, बुधबार | July 1, 2026

नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीको निधन

काठमाडौ । नेपाली काँग्रेसका नेता एवं पूर्व मन्त्री नवीन्द्रराज जोशीको उपचारका क्रममा निधन भएको छ । मष्तिस्कघात भई नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालले जनाएको छ । जोशीलाई मष्तिष्कघातको समस्या देखिएपछि अस्पतालमा सुरुदेखि नै भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।