३० असार २०८३, मंगलबार | July 14, 2026

शिक्षक महासंघद्वारा ९ बुँदे सहमति कार्यान्वयन र सरुवा निर्देशिका खारेज गर्न माग

काठमाडौं । नेपाल शिक्षक महासंघले अघिल्लो सरकारले गरेको ९ बुँदे सहमति लागू गर्न तथा २०८१ जेठमा सार्वजनिक गरिएको सरुवा निर्देशिका खारेज गर्न माग गरेको छ। महासंघको प्रतिनिधि टोलीले शिक्षामन्त्री महावीर पुनसँग भेट गर्दै आफ्ना मागहरू औपचारिक रूपमा राखेको हो। सरुवा निर्देशिका व्यवहारिक नदेखिएको र शिक्षकहरूको हितविपरीत रहेको भन्दै तत्काल खारेज गर्न आग्रह गरिएको महासंघका अध्यक्ष…