काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा महामन्त्रीहरूसँग छलफल गर्दैछन् । छलफलका लागि देउवाले आफ्नो निवासमा पदाधिकारीहरुलाई बोलाएका छन् । सो छलफलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहभागी हुनेछन्। छलफल आगामी महाधिवेशनको कार्यतालिका र विधान मस्यौदा समिति गठनसम्बन्धी विषयमा केन्द्रित रहने जनाइएको छ।…