काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख राजनीतिक दलका नेतृत्वको क्रियाकलापका कारण गणतन्त्रमाथि चुनौती उत्पन्न भएकाले नेताहरू सच्चिनुपर्नेमा जोड दिएका छन् । गणतन्त्र दिवस-२०८२ को अवसर पारेर राष्ट्रिय जनमोर्चाले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा केसीले गणतन्त्रलाई सुदृढ तुल्याउन सुशासन, भ्रष्टाचार नियन्त्रण र अनियमितता अन्त्य गर्नुपर्ने सुझाव दिए । अध्यक्ष केसीले भने, “त्यसका लागि नेपालका…