काठमाडौं । गर्मी सुरु भएसँगै आगलागीका घटना वृद्धि भइ जनधनको क्षति हुन थालेकामा प्रतिनिधिसभाका सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद सपना राजभण्डारीले काठमाडौं महानगरपालिका–२४ मक्खनस्थित दयाराम श्रेष्ठको घरमा बुधबार आगलागी भई ८० वर्षीया वृद्धाको निधन भएको घटनामा ग्याँस लिक भएर आगलागी भएकाले ग्याँस सिलिण्डरको अनुगमन गर्न माग गरिन। केही…