२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

संघीयता बोझीलो भएकै हो : स्वास्थ्यमन्त्री पौडेल

नेपालगन्ज । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीयता बोझिलो भएको बताएका छन् । प्रेस युनियन बाँकेले आज नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले दलहरुमा नीति निर्माणमा द्विविधा भएका कारण संघीयता बोझीलो भएको बताएका हुन् । उनले संघीयता बोझीलो भएको नाममा संघीयताको अन्त्य गर्नु भन्दा यसलाई छरिटो बनाउन जरुरी रहेको बताए ।…