काठमाडौं । नेकपा एमाले लगायतका प्रतिपक्षी दलहरुले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन् । आजको बैठक सुरु हुने वित्तिकै एमाले, राप्रपा, रास्वपाका सांसदहरु आआफ्नो स्थानबाट उठेर राष्ट्रपतिले गरेको नागरिकता विधेयक प्रमाणिकरण खारेज हुनुपर्ने माग गर्दैै संसद बैठक अवरुद्ध गरेका हुन् । बैठक निरन्तर अवरुद्ध भएपछि सभामुख देवराज घिमिरेले आजै एक घण्टा पछि बस्नेगरी बैठक स्थगित गरेका…