काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावपछि गठबन्धनको पहिलो बैठक बसेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु सहभागी भएका छन् । देशव्यापी गठबन्धन गरेर सुविधाजनक बहुमत ल्याउने गरी चुनावमा होमिएको गठबन्धनले सामान्य बहुमतको नजिक पुगेपनि सोचेजस्तो…