१७ असार २०८३, बुधबार | July 1, 2026

‘थ्रेस होल्ड’ नकट्दा चार सिट र सुविधा गुमाउँदै एकीकृत समाजवादी



काठमाडौं । आम निर्वाचन ०७९ मा प्रतिनिधिसभातर्फ समानुपातिकमा एकीकृत समाजवादीले ‘थ्रेस होल्ड’ कटाउन नसक्दा चार सिट गुमाउने भएको छ ।

प्रतिनिधिसभातर्फ समानुपातिकमा एक करोड चार लाख २० हजार १२५ मत सदर भएको छ । एकीकृत समाजवादीले  उक्त सदर मतको ३ प्रतिशत मत कटाउन नसक्दा चार सिट गुमाउने  लगभग निश्चित भएको हो ।

सोमबार मध्याह्नसम्म उक्त पार्टीले दुई लाख ९४ हजार ३६२ मत पाएको छ । त्यसमा थप १८ हजार २४२ मत पाएको भए थ्रेसहोल्ड कटाएर उक्त पार्टीले पनि समानुपातिकमा सिट पाउन सक्थ्यो । थोरै मतान्तरले मात्र समानुपातिकमा ठूलो क्षति व्यहोर्ने दल बनेको एकीकृत समाजवादीले प्रत्यक्षतर्फ भने १० सिट जितेको छ ।

यसका साथै संसद सचिवालयबाट राष्ट्रिय दललाई प्राप्त हुने सुविधा समेत यो दलले गुमाउने भएको छ । संसदीय दलको कार्यालय, संसदीय दल प्रमुख, प्रमुख सचेतक, सचेतक लगायतले पाउने सुविधा अब एकीकृत समाजवादीले पाउनेछैन ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  २ : १० बजे

पासपोर्ट खरिद प्रकरणमा जर्मनीको प्रष्टिकरण : नेपाललाई कुनै चेतावनी नदिएको दाबी

काठमाडौं । नेपाली राहदानी (पासपोर्ट) खरिद प्रक्रियासँग सम्बन्धित विषयमा हालै

फिफा विश्वकप : घरेलु मैदानमा इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौं । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको आज शपथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय

मधेस प्रदेशसभा बैठक बस्दै

जनकपुरधाम । मधेस प्रदेशसभामा आजदेखि प्रदेश विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक