२४ बैशाख २०८३, बिहिबार | May 8, 2026

कमल थापाले सिध्याएको राप्रपालाई राजेन्द्र लिङ्देनले एक वर्षमै दिए पुनर्जीवन



काठमाडौं । दोस्रो संविधानसभामा निर्णायक राजनीतिक शक्ति बनेको राप्रपा २०७४ सालको आमनिर्वाचनमा एक सांसदमा खुम्चिएको थियो । राप्रपाप्रति जनताको मात्र होइन कार्यकर्ताको समेत आकर्षण र भरोसा क्षयीकरण हुँदै गयो ।

तत्कालीन अध्यक्ष कमल थापाको सत्ता र शक्ति मोहमा पार्टी नीति र उद्देश्य तथा जनताको भरोसा पिसिँदै जाँदा २०७४ सालको निर्वाचनमा राप्रपा राष्ट्रिय दलको मान्यता पाउन सकेन र एक मात्र सांसदमा खुम्चियो ।

तर, अघिल्लो वर्ष १९ मंसिरमा भएको महाअधिवेशनले राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनलाई चु्न्यो र कमल थापालाई अस्वीकृत गर्‍यो । अध्यक्षमा पराजित भएपछि ‘पूर्वराजाको षड्यन्त्र’ भन्दै थापाले कार्यकर्ताको मतप्रति अपमान मात्र गरेनन् पार्टी नै परित्याग गरे । पार्टी विभाजन नगर्ने धार्मिक ग्रन्थ ‘गीता’ छोएर कसम खाएका थापा राप्रपा नेपालमा प्रवेश गरेर अध्यक्षको भूमिमा रहे ।

उनको लोकप्रियता र जनताको भरोसा गत ४ मंसिरमा सम्पन्न निर्वाचनले देखाएको छ । आफू अध्यक्ष रहेको राप्रपा नेपालको हलो चुनाव चिह्न छाडेर एमालेको चुनाव चिह्न सूर्य लिएर प्रतिनिधिसभा सदस्यका लागि मकवानपुर १ मा चुनावी मैदानमा उत्रिँदासमेत थापा पराजित भए । आफ्नै पूर्वकार्यकर्ता राप्रपाका दीपकबहादुर सिंह २७ हजार ८१६ मतसहित विजयी हुँदा थापाले २५ हजार ४२० मतसहित तेस्रो स्थानमा रहेर पराजय व्यहोरे । सिंहको निकटतम प्रतिस्पर्धी कांग्रेसकी महालक्ष्मी उपाध्यक्ष डिनाले २५ हजार ४३४ मत ल्याएकी थिइन् । थापाले नेतृत्वको गरेको राप्रपा नेपालले आमनिर्वाचन २०७९मा एक सिट पनि जित्न सकेन ।

तर, अघिल्लो वर्ष नेतृत्व परिवर्तन गरेको राप्रपाले यसपटक प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सात सिट जितेको छ भने समानुपातिकमा पनि सात सिट पाउने भएको छ । राजेन्द्र लिङ्देनप्रतिको आशा र भरोसा र नेतृत्व परिवर्तनले राप्रपाप्रति जनताको विश्वास बढेको राप्रपा तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठ बताउँछन् ।

राप्रपा महाधिवेशनले आवश्यकताअनुसार नेतृत्व परिवर्तन गर्नुपर्ने र राजनीतिमा युवा आउन सक्ने वातावरण रहेको सन्देश दिएको उनले बताए । राप्रपा महाधिवेशनले युवा समूहमा राजनीतिप्रति आशा जगाएको मात्र होइन संलग्नताको वातावरण नै रहेको सन्देश दिएकाले नै अहिले नेपाली राजनीतिमा युवा प्रत्यक्ष भूमिका रहने गरी निर्वाचित भएका उनको भनाइ छ ।

आफू अध्यक्षमा निर्वाचित भएपछि लिङ्देनले अग्रज नेतालाई सम्मान गर्दै युवाप्रति विश्वास राख्दै जनतामाझ ‘भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह हुने’ बताउँदै आए । संसदमा पनि भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाएका लिङ्देन अध्यक्ष रहेको राप्रपा अहिले राजनीतिमा निर्णायक शक्तिको रुपमा देखापरेको छ ।

नेतृत्व सम्हालेको एक वर्षमै लिङ्देनले जनतामाझ गुमेको विश्वासलाई फिर्ता ल्याउन सके ।  पार्टीलाई सक्रिय र क्रियाशील बनाएका उनी यसबीचमा जनतामाझ आफैं उपस्थित भएर पार्टीको नीति तथा आगामी कार्यक्रमबारे प्रष्ट पारे । सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका कृष्णप्रसाद सिर्टौलालाई झापा ३ मा दोस्रोपटक हराएका लिङ्देनले ४० हजार ६६२ मतसहित विजयी भए ।

 

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  १२ : ०३ बजे

युवकको हत्या आरोपमा सुदूरपश्चिमका तीन युवा पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित