काठमाडौं । विवेकशील साझा पार्टीको प्रथम महाधिवेसन काठमाडौंमा सुरू भएको छ। लामो समयदेखि छिन्न भिन्न अवस्थामा रहेको सो पार्टीको प्रथम महाधिवेसन आजबाट सुरू भएको हो। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबारबाट सुरू भएको सो महाधिवेसनको नयाँ नेतृत्वका लागि सो पार्टीका केन्द्रीय नेताहरु समीक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले आकांक्षा व्यक्त गरेका हुन् । तीनै…