१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बारा-२ मा जसपाका उम्मेदवारलाई समर्थन गर्ने कांग्रेसको निर्णय



काठमाडौं । नेपाली कांग्रेसले बारा क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले बारा २ मा जसपाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो । जसपाले यस क्षेत्रमा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई उठाउने तयारी गरेको छ ।

बैठकले वैशाख १० गते बारा, तनहुँ र चितवनका तीन वटै निर्वाचन क्षेत्रमा हुने निर्वाचनमा गठबन्धनको साझा उम्मेदवार बनाउनका लागि बारामा जसपालाई समर्थन गर्ने निर्णय गरेको हो ।

चितवन २ मा कांग्रेसबाट जितनारायण श्रेष्ठ र तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेवार बनाउने कांग्रेसले निर्णय गरिसकेको छ ।

कार्यसम्पादन समिति बैठकले गत निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका र अनुशासन उल्लंघन गरेका नेताहरुमाथि गरेको कारवाही पनि फुकुवा गर्ने निर्णय गरेको छ ।

 

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  १२ : ४५ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर