काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर पछिल्लो समय विशेष जिम्मेवारीसहित गृह जिल्ला डडेलधुराको चुनावी प्रचारमा रहेका छन् । सुदूरपश्चिमका विभिन्न जिल्लाका चुनावी सभालाई सम्बोधनका लागि खटिएका महर एक साता यता डडेलधुरामै रहेका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि डडेलधुरामा कांग्रेसबाट प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा सत्ता गठबन्धनका साझा उम्मेदवार रहेकोमा नेता महर गठबन्धनको पक्षमा माहोल…