१ भदौ २०८३, सोमबार | August 18, 2026

कांग्रेसमा संसदीय दलको नेतामा सभापति र महामन्त्री भिड्दै



काठमाडौं । देशकै सबैभन्दा पुरानो र लोकतान्त्रिक दल नेपाली कांग्रेसले चुनावमार्फत संसदीय दलको नेता टुंगो लगाउने भएको छ । कांग्रेसको विधानमा दलको नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था भएकाले दलको नेता छान्न चुनाव हुन लागेको हो । त्यसका लागि मंगलबार (आज) उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।

कांग्रेसमा दलको नेतामा प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टी महामन्त्री गगन थापाबीच भिडन्त हुने निश्चित भएको छ । संस्थापन पक्षबाट देउवा र इतर पक्षबाट साझा उम्मेदवार थापा तय भएका छन् । मंगलबार बिहान लाजिम्पाट र सिंहदरबारमा बसेको इतर समूहको दुईवटा बैठकले सर्वसम्मत रूपमा थापाको नाममा सहमति जुटाएको हो ।

इतर समूहमा नेता डा.शेखर कोइराला पनि इच्छुक थिए । तर, अन्तिममा उनले थापालाई दलको नेता प्रस्ताव गरे । आजै सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कोइरालाले थापाको नाम प्रस्तावक हुने भएका छन् । यसअघि अर्का महामन्त्री विश्वप्रकाश शर्माले आफू थापालाई प्रधानमन्त्रीको उम्मेदवारको प्रस्तावक भएको बताएका छन् । संसदीय दलको नेता बन्न थापालाई शर्माले सघाउने भएका छन् ।

देउवा कांग्रेस सभापति हुन् । एउटै पार्टीमा सभापति र महामन्त्री दलको नेताका उम्मेदवार बन्नुलाई पुस्तान्तरणको रूपमा लिइएको छ । आजको भेलामा कोइरालाले पार्टी रुपान्तरणसँगै पुस्तान्तरणका लागि आफूले थापालाई दलको नेतामा प्रस्ताव गरेको बताएका छन् ।

कांग्रेसबाहेक अन्य दलमा यस्तो अभ्यास देखिन्न । कम्युनिस्ट पार्टीमा त अध्यक्षको विरुद्ध अरु कोही लाग्यो भने त्यसको राजनीतिक करियर नै समाप्त हुने गरेको छ ।

कांग्रेसमा ८९ जना सांसद छन् । दलको नेता बन्न ४५ मत भए पुग्छ । निर्वाचनको परिणामअनुसार संस्थापन पक्षमा ५५ जना सांसद छन् । इतर समूहमा ३४ जना छन् । संस्थापन पक्ष बलियो हुँदाहुँदै पनि महामन्त्री थापाले सभापति देउवासँग दलको नेता भिड्न चाहनुलाई धेरैले सकारात्मक अभ्यासका रूपमा लिएका छन् ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  १ : ५४ बजे

उद्योग वाणिज्य संघ निर्वाचन : दलनिकट व्यवसायीको संयुक्त प्यानल

नेपालगन्ज । लामो समयदेखि दलगत छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचन लड्ने

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कल्याण विक्रम पाँडे नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा

कांग्रेस बैठक सम्पन्न, मङ्गलबार निर्णय सार्वजनिक गरिने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २४ गतेदेखि

पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार