काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ९ बजे बस्ने बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटी तयार गर्नेबारे छलफल हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको दुई दिने औपचारिक भ्रमण गरेर स्वदेश फर्किएपछि गठबन्धनको बैठक बस्ने भएको हो । आजको बैठकमा तालमेलको मोटालिटी टुंग्याउनेगरी छलफल हुने…