बुटवल । बहुमतमा रहेको एमाले र गृहप्रशासनको आडमा पेलेर जाने मनस्थितीमा रहेको तिलोत्तमा काँग्रेसबीच भागवण्डामा सहमती मिलेसँगै ३ पटक सम्म स्थगन भएको तिलोत्तमा नगरपालिकाको नगरसभा सुचारु भएको छ । नगरसभामा देखिएको विवादमा प्रशासनको हस्तक्षेप र निर्वाचित वडा अध्यक्षलाई पौडी पोखरीमा ढकेल्ने सम्मको हर्कतमा पुगेको विवाद अन्ततः ५ वटा समितिमा सहमतिमा गठन गर्ने निर्णयकासाथ टुङ्गिएको छ…