काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर प्रमुख विपक्ष आफै रहेको घोषणा गर्दै आएको नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी उठाउने निर्णय गरेको छ । धुम्वाराहीस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी पदाधिकारीको बैठकले आगमी राष्ट्रपतिमा पार्टीको तर्फवाट उम्मेदवारी दर्ता गराउने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार राष्ट्रपति निर्वाचनका लागि सकेसम्म चाँडै…