१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

डोल्पा पुग्न हवाइ कम्पनीको एकाधिकारको अन्त्य, आजबाट बसमा डोल्पा जान सकिने



नेपालगन्ज । कर्णालीको डोल्पा सडकसञ्जालमा जोडिएसँगै हवाई कम्पनीहरुको एकल अधिपत्यको अन्त्य भएको छ । सडक सञ्जालको अभावमा हवाई मार्गबाट मात्र यात्रा गर्न बाध्य हुदै आएका कर्णाली प्रदेशका डोल्पालीहरु अव नेपालगन्जबाट बस चढेर गृह जिल्ला जान सक्ने भएका छन् ।

सडक सञ्चालनमा आए लगत्तै यातायात व्यवसायीले नेपालगन्जदेखि डोल्पासम्मका लागि बस सेवा सञ्चालनमा ल्याएका छन् । आजबाट हरेक दिन दिउसो ३ बजे डोल्पाका लागि दैनिक एक बस छुटाउने गरी तयारी गरिएको यातायात व्यवसायीहरुले जानकारी दिएका छन् ।

देउराली यातायात प्रालिका अध्यक्ष लक्ष्मण केसीका अनुसार डोल्पाको से–फोक्सुण्डो यातायात र नमस्ते देउराली यातायात प्रालि नेपालगन्ज बीचको सहकार्यमा बस सेवा सञ्चालन गर्न लागिएको हो ।

हवाई टिकट नपाएर महिनौसम्म नेपालगन्जमा बेखर्ची भएर बस्नु पर्ने डोल्पाली जनताको बाध्यतालाई समाधान गर्ने गरी दैनिक एक बस दुबै तिरबाट छुट्ने गरी सञ्चालन गरिने अध्यक्ष केसीले बताए ।

ब्यवसायीले डोल्पासम्म एकतर्फी प्रति व्यक्ति ३ हजार ५सय भाडा तय गरेका छन् ।
डोल्पा सडक सञ्जालसंग जोडिएसंगै पहिलो पटक आरामदायी सिट सहितको नयाँ बस सञ्चालन गर्न लागिएको हो ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ८ : २६ बजे

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

काठमाडौं । नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर । भोजपुर नगरपालिका-१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व

पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित

महेन्द्रनगर । धनुषामा मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ लाई