काठमाडौं । नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले सभामुख र उपसभामुखले पदीय मर्यादा भन्दा माथि उठेर संसदको काम कारबाहीलाई चुस्त बनाउनुपर्ने बताएका छन् । उपसभामुख चयन गर्न शनिबार बसेको प्रतिनिधिसभा बैठकमा इन्दिरा रानामगरको पक्षमा बोल्दै सांसद श्रेष्ठले सभामुख र उपसभामुखले पदीय मर्यादाबाट विचलित नभै माथि उठेर काम गर्नुपर्ने बताएका हुन् । विगतका सभामुखले दल फुटाउने भूमिका…